बाँके बैशाख १५ गते ।
बाँकेको जानकी गाउँपालिकामा ३ हजार २ सय थान झुल वितरण गरिएको छ । स्थानीय जेष्ठ नागरिक, विपन्न र असहाय तथा अपांगता भएका लगायत अन्य व्यक्तिलाई झुल वितरण गरिएको हो ।
गर्मी मौसममा लामखुट्टेको टोकाईबाट लाग्ने विभिन्न किसिमका रोगबाट बचाउन झुल वितरण गरिएको जानकी गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँले गर्मी मौसममा लामखुट्टेको टोकाईबाट लाग्ने रोगबाट बचाउन झुल वितरण गरिएको जानकारी दिँदै आगामी दिनहरुमा पनि नागरिकका समस्या समाधानका लागि अन्य सेवा सुविधाहरु थप गर्दै जाने बताए ।
१ देखि ६ नम्वर वडामा रहेका जेष्ठ नागरिक, विपन्न र असहाय तथा अपांगता भएका लगायत अन्य व्यक्तिलाई ३ हजार २ सय थान झुल वितरण गरिएको हो ।
झुल वितरण कार्यक्रममा अध्यक्ष खाँ, विपद तथा वातावरण समिति संयोजक राजेन्द्र सिंह, कार्यपालिका सदस्य निर्मला हरिजन, जिल्ला समन्वय सदस्य जुल्फेकार मनिहार, विपद तथा वातावरण शाखा प्रमुख राजेन्द्र वाजपेयी, जिन्सी शाखाका राजु यादव, निरा हमाल लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post