बाँके मंसिर १ गते ।
नेपालगन्जमा स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बाँके जिल्ला क्रिकेट संघले आयोजना गर्ने प्रतियोगितामा नेपालगन्ज र कोहलपुरका गरि ६ टीमले प्रतिस्पर्धा गर्नेछन । आइतबार भएको पत्रकार सम्मेलनमा आयोजक बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष दुर्गा थापा मगरले बाँके जिल्लाको क्रिकेट विकासमा प्रतियोगिताले सहयोग गर्ने बताए । मंसिर ७ देखि १२ गते सम्म कोहलपुर क्रिकेट मैदानमा संचालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन ।
प्रतियोगितामा होलिल्यान्ड उच्च मावि, नेपालगन्ज क्याम्पस ,नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गर्नेछन ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैया पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष थापाले बताउनु भयो । प्रतियोगिताबाट जिल्लोको दुइ वटा सिनियर टोली र एक वटा यु १९ टोली छनोट गरेर प्रतिस्पर्धा गराउने समेत संघको योजना रहेको थापाले पत्रकार सम्मेलनमा बताउनु भयो । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सम्पुर्ण टिम बाँके जिल्लाको रहेको क्रिकेट संघले बताएको छ ।
Discussion about this post