बाँके मंसिर १ गते । नेपालगन्जमा आईतबारदेखी सुरु भएको साधना शिविरमा उत्साह पुर्ण सहभागिताका साथ शुरु भएको छ ।
माँ भगवती नारायण सिद्धाश्रम साधक परिवारको आयोजनामा लक्ष्मी नारायण साधना शिविर शुरु भएको हो । शिविरमा करिव एक हजार भन्दा बढिको उपस्थिति रहेको छ ।
साधक परिवार नेपालगंज बाँकेका अध्यक्ष कमल विष्टले नेपाल अधिराज्य तथा भारतका लखनउ, बहराइच लगायतका क्षेत्रहरु बाट समेत भक्तजनहरुको सहभागिता रहेको बताउनु भयो । शिविरमा सदगुरुदेव डा. नारायण दत्त श्रीमाली महाराजले सहभागीहरुलाई विभिन्न शक्तिपात दिक्षाहरु प्रदान गर्नुभएको आयोजकले बताएको छ ।
सदगुरुदेव डा. नारायण दत्त श्रीमाली महाराजले शीवीरमा प्रदान गरिएको मन्त्र जापले भक्तहरुले चाहेको मनकामना पुरा हुने बताएका छन् ।
कार्यक्रम नेपालगंज न्युरोडमा विहान ११ बजे देखी सुरु भएको थियो ।
Discussion about this post