बाँके मंसिर २ गते ।
बिद्यालयको समग्र शैक्षिक गुणस्तर बृद्धि गर्नको लागि शिक्षकको महत्वपुर्ण भुमिका रहने एक कार्यक्रमको सहभागीले बताएका छन् । बैजनाथ गाउपालिकाको समन्वयमा स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बैजनाथ गाउँपालिकामा सन्चालन भएको लैगिंकमैत्री कक्षा शिक्षणका लागि शिक्षकहरुलाई प्रशिक्षणमा सो कुरा बताएका हुन् ।
तालिमको उदधाट्न सत्रका बोल्नु हुदै प्रमुख अतिथि बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले यस बैजनाथ गाउँपालिकामा शिक्षाको गुणस्तर बृद्धि गर्न अझै नसकिएको र यस गाउँपालिकालाई शिक्षाको क्षेत्रमा नमुनाको रुपमा अगाडि बढाउन लागी परेको बताउनुभयो । साथै उहाँले बिद्यालयलाई नमुना बनाउन शिक्षकको महत्वपुर्ण भुमिका हुने भएकाले उक्तिकै जिम्मेवारी रहने हुदाँ जिम्मेवार भएर काम गर्न सुझाव दिदै पालिकाले बिद्यालयको क्षैक्षिक गुणस्तर बृद्धिका लागी कृयाशिल रहेको बताउनु भयो ।
सो प्रशिक्षणमा बिधालयका २९ जना शिक्षकहरुको सहभागिता रहेको छ । लैगिंकमैत्री कक्षा शिक्षणका लागी शिक्षकहरुका लागी लैगिक रुपान्तरण शिक्षण तालिम शुरु गरिएको सामाजिक सचेतन सरोकार मञ्च(स्याक)का बरिष्ठ फिल्ड सुपरिवेक्षक लक्ष्मी शर्मा बताउँछन् । तालिममा स्याक नेपाल बाँकेका टीम लिडर नेत्रकला शाही, परियोजना कर्मचारी कल्पना अधिकारी, लक्ष्मी शर्मा र प्लान इन्टरनेशनल नेपालका शिक्षा संयोजक संजिव कुमार जोशी र बैजनाथ शिक्षा प्रमुख बिश्वराज ढकालले सहजीकरण गर्नेछन् । नेपालको विद्यालय शिक्षा प्रणालीको गुणस्तर र सिकाई उपलब्धिको सुदृढीकरण नै सबैभन्दा प्रमुख विषय भएको तथ्य इंगित गरेको छ । बालबालिकाहरुको लागि परिवार पछि विद्यालयले शिक्षण प्रक्रिया तथा सिकाई सामाग्रीहरुको माध्यमबाट लैंगिक परम्परागत मूल्य मान्यताहरुलाई बढावा दिने काम गरिरहेको छ । सो क्षेत्रमा प्रारम्भिक शिक्षाको गुणस्तरमा रहेको चुनौतीका परिणाम स्वरूप अझै पनि धेरै बालबालिका सिकाइमा कमजोर रहेका छन् । यसैकारण खास गरी प्रारम्भिक कक्षा देखि आधारभूत तहसम्मको पढाइ पूरा नगरी बीचैमा पढाइ छाड्ने तथा कक्षा दोहोयाउनेको दर अझै पनि उच्च रहेको छ । आधारभूत तहको शिक्षाको टिकाउ दर र परिक्षाका प्राप्तांक अझै पनि उत्साहप्रद देखिएका छैनन् र तिनमा सामुदायिक तथा संस्थागत विद्यालयहरूबीच ठूलो असमानता देखिने गरेको पाईन्छ । धैरै बालबालिकामा प्रारम्भिक कक्षाको पढाइ तथा गणतीय सीपको उपलब्धी न्यून हुनाले अन्य विषयहरूको सिकाईमा पनि बाधा पुगेको छ । कार्यक्रममा बैजनाथ गाउँपालिकाको शिक्षा शाखाका प्रमुख बिश्वराज ढकाल, प्रशिक्षक नेत्रकला शाही रहेका छन् । स्याक सस्थाले बाँके जिल्लाको बैजनाथ, खजुरा, जानकी गाँउपालिका, नेपालगन्ज उपमहानगरपालिका र बर्दिया जिल्लाका राजापुर, बारबर्दिया, ठाकुरवावा, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा रहेका ७१ वटा सामुदायिक बिद्यालयमा ‘लैङ्गिक रुपान्तरणमुखी समाबेशी शिक्षा परियोजना मार्फत बिभिन्न कृयाकलाप सञ्चालन गरिदै आइरहेको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले बताउनुभयो ।
Discussion about this post