
बाँके मंसिर ३ गते । नेपालगञ्ज सदरलाइन स्थित त्रिभुवन चोकमा लागु औषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन ।
आज बेलुकी साढे ७ बजेको समय त्रिभुवन चोकमा ३ जना युवकलाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ बस्ने १९ वर्षीय सेराज राई, जिल्ला सुर्खेतका चेतन घर्ती र जीवन विकलाई दुई ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरी ले जनाएको छ ।
पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान भईरहेको प्रहरी ले जनाएको छ । त्यसै गरि एक जना चोर समेत प्रहरी ले पक्राउ गरेको थिए ।
Discussion about this post