विष्णु अधिकारी बर्दिया मंसीर ४ गते ।
बर्दियामा रहेका एच. आई. भी. संक्रमितहरुको भाइरस लोड परिक्षणका निम्ती रगत संकलन गरिएको छ । एचआईभी संक्रमितको शरिरमा भाईरसको संख्या कति छ भनेर गरिने परिक्षणका लागि रगत संकलन गरिएको हो । बर्दियाको गुलरियामा रहि लामो समय देखि एचआइभी संक्रमितहरुको शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आईरहेको सहयोगी हात नेपालको समन्वय तथा सेभ द चिल्ड्रेन ग्लोबल फन्ड अन्तर्गत राष्ट्रिय एचआइभी एड्स तथा महासंघ काठमाण्डौंको आर्थिक सहयोगमा संक्रमितहरुको रगत संकलन गरिएको हो । यसै क्रममा बर्दियाका २९ जना एचआईभी संक्रमितको रगत संकलन गरि सेती अंचल अस्पताल धनगढी पठाईएको सहयोगी हात नेपालका कार्यकारी निर्देशक दुर्गा आचार्यले बताए ।
जिल्ला अस्पताल गुलरियाको प्रयोगशालाको प्राविधिक सहयोगमा रगत संकलन गरि सेती अंचल अस्पताल धनगढी पठाइएको प्रयोगशालाका इन्चार्ज बासुदेव थारुले बताए । एच. आई. भी. संक्रमितको भाइरस लोड परिक्षण महगों प्रविधि हुने भएकोले यसको परिक्षण गर्ने ठाउँ निकै कम स्थानमा मात्र भएकाका कारण जिल्ला भन्दा टाढा पठाउनु परेको थारुले बताए । जिल्लामा रहेका तथा नियमित औषधी सेवन गरिरहेका एच. आई. भी. संक्रमितलाई नियमित औषधी लगायत थप पौष्टीक अहार उपलब्ध गराउन एचआईभी संक्रमितहरुले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनीहरुले हाल जिल्ला अस्पतालबाट औषधी मात्र उपलब्ध भइरहेकोले एचआईभी संक्रमितहरुले प्रयोग गर्ने औषधि बढि पावरको हुने भएकाले पौष्टिक आहार चाहिने एचआईभी संक्रमित डासीराम अधिकारीले बताए । एचआईभी संक्रमितहरुको भाइरल लोडको लागि रगत संकलन गर्ने काम बर्दियामा पहिलो पटक सुरु गरिएको छ ।
Discussion about this post