खोजखबर संवाददाता
बाँके असार १६ गते । समाज सुधार कार्यक्रम नेपाल कोहलपुरको आयोजना तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोग २ दिने उद्यमशिलता विकास तालिम शुरु गरिएको छ ।
सो उद्यमशिलता विकास तालिम वडा नं.१० र १४ मा सन्चालन गरिएको छ । कार्यक्रमको सहजिकरण घरेलु महासंघ ,बाँकेका सचिव मधु खड्का र राईजिग आईडल्सका बिष्णु अधिकारीले गर्नुभएको छ । सो तालिममा उद्यमशिलताका विषयहरु, उत्पादन बस्तुलाई कसरी बजारीकरण गर्ने र कसरी थोरै लगानीमा ब्यवसाय गर्ने भन्ने बारे प्रशिक्षण गरिएको छ । सो उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं.११ का वडा अध्यक्ष कर्ण बहादुर थापा, वडा नं.१ का वडा अध्यक्ष गोपी खनाल, आर्थिक बिकास शाखाका इन्द्रमणि ढकालले सहभागी प्रशिक्षार्थीहरुलाई शुभकामना दिएका थिए । सो कार्यक्रम सञ्चालन शकर न्यौपानेले गरेका थिए भने अध्यक्षता संस्थाका अध्यक्ष तारा प्रसाद खत्रीले गरेका थिए ।
Discussion about this post