
बर्दिया संवाददाता बर्दिया मंसिर ५ गते ।
बर्दियाको गुलरिया ३स्थित क्याम्पस नजिकैको भत्केकाे पुलमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । खैरापुर देखी गुलरिया तर्फ गइरहेको भे४प ७२१७नम्बरको मोटरसाइकल निर्माण भईरहेकाे पुलमा चढ्दा दुर्घटना भई पल्टिँदा मोटरसाइकल चालक गुलरिया नगरपालिका वडा १का ३५ वर्षीय राजेश यादबको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।विहान स्थानीयले देखेपछि प्रहरीलाई खवर गरि जानकारी गराएपछि वेहाेस अवस्थामा जिल्ला अस्पताल गुलरियामा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरीले निरिक्षक लक्ष्मण अाेलीले बताए ।
Discussion about this post