भिम पौडेल बाँके मंसिर ५ गते ।
बाँकेको नेपालगञ्ज पश्चिम नेपालको धेरै पुरानो सहर नेपालगंज मा सबै खाले मानिशहरु को बसोबास गर्ने थलो को रुप गनिने गर्छ । नेपालगञ्ज आउने धेरैले प्लास्टिक बाट बनेका ब्यानर ले सुन्दर सहर लाई कुरुप बनाई रहेको छ ।
नेपालगन्जको चोक चोकमा आफ्नो प्रचारको लागी लगाएको ब्यानर तथा पोस्टरहरु काम सकिए पछि उठाउने चाँसो भने कसैले लिएको देखीदैन ।
आफुले आफ्नो काम सकि सके पछि आफुले प्रचार गरेका सामाग्री उठाउने चासो कसैले गरेको पाईदैन । यसो हेर्दा लाग्छ नेपालगञ्जमा बिग्रिएको सबै कुरा नगरपालिकाको उसैले आएर उठाउँछ । बाटो तथा चोक हरुमा नेपालगञ्ज लाइ सफा राख्नु पर्छ प्लास्टिक मुक्त शहर बनाउन पर्छ भन्ने राजनैतिक दल तिन्का नेता, कार्यकर्ता ठुलठुला ब्यापारी तथा अन्य उत्पादक कम्पनी, संस्था रहेका छन । उनिहरुनै भाषण मा फोहोर व्यवस्थापन को कुरा गर्छन आफै चोक चौरा लाई ब्यानर तथा पोस्टर ले कुरुप बनाउँदै छन । यस्तो कुराको बिरोध गरेको भने कसैले छैन । के नगर सफा राख्ने दाईत्व नगरपालिका को मात्र हो तपाई हाम्रो दाईत्व होईन र ?
Discussion about this post