अजय पाठक बाँके मंसिर ६ गते । आज शुुक्रबार नेपालगन्जमा मानव अधिकारको अवस्था ,सवाल,र पहल बारे अन्तरक्रिया कार्यक्रम भएको छ ।
युएसआइडि, एफ एच आइ ३६० र अन्य संस्थाको समुनवयमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले मानव अधिकारको अवस्था, सवाल, पहल लाई मध्यनजर गर्दै आज पारस्पारिक जवाफदेहिता : मानव अधिकार सुदृढीकरण परियोजना बारे अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा एफ एच आइ ३६० का सन्तोष शिग्देलले मानव अधिकार, पारस्परिक र राष्ट्रिय मुद्दामा जवाफ देहित रहि कार्यक्रममा स्पस्टिकरण गरेका छन ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका बिश्वजित तिवारीले नेपालमा स्थानिय तहामा रहेका सवाल, अधिकार र परियोजनाको बरेमा स्पस्टिकरण गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश न ५ प्रमुख चन्द्र कान्त चापाकाइ, प्रदेश न ५ माननीय सांसद विजय बहादुर यादव, डिएसपी जिल्ला प्रहरी कार्यलय बाँकेका शिव बहादुर सिंह,उच्च बार अदालतका अध्यक्ष बिकास अचार्य, जिल्ला समन्वय समितीका अजय श्रीवास्तव, बढैयाताल गाउ पालिकाका अध्यक्ष, मानव अधिकार संगठनका प्रलाद बहादुर कार्की, र बाँके बारका अध्यक्ष मोहम्मद अयुव सिद्दिकी हरुले अन्तक्रिया कार्यक्रममा स्थानीय तहा बाट मानव अधिकार मानव, अवस्था ,सवाल र पहलका अधिकार सुदृढीकरणका लागि मन्तव्य राखेका थिए ।
Discussion about this post