बाँके मंसिर ७ गते । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई ले नेपालगञ्जमा आज विहान धारा नेपालगञ्ज म्याराथानको पाँचौं संस्करणको उद्घाटन गर्नु भएको छ । म्याराथोन उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकारले सहयोग गर्ने बताएका छन । शान्ति, सद्भाव र एकताका लागि नेपालगञ्ज म्याराथनले भूमिका खेलेको चर्चा गर्दै स्वास्थ्यका लागि खेलकुद जरुरी रहेको बताएका छन ।
मन्त्री भट्टराईले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल भएका उपलब्धिहरुलाई अन्तर्राष्ट्रियकरण गर्न नेपालगञ्ज म्याराथनले सहयोग पुर्याउने विश्वास ब्यक्त गरेका छन ।
उहाँले नेपालगञ्ज विमानस्थलको विस्तार र स्तरोन्नतिको अध्ययन र छलफलका लागि आफू नेपालगञ्ज आएको बताउँदै छिट्टै अन्तर्राष्ट्रिय उडान भर्न बन्ने गरी काम गरिने स्पष्ट पारेका छन ।
म्याराथन उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणा, क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरी लगसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल भएका उपलब्धिहरुलाई अन्तर्राष्ट्रियकरण गर्न नेपालगञ्ज म्याराथनले सहयोग पुर्याउने विश्वास ब्यक्त गरेका छन।
म्याराथन उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणा, क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरी र केएल दुगड ग्रुपका प्रदिप छाछेडले आफ्नो भनाई राखेका थिए ।
Discussion about this post