बाँके मंसिर ७ गते । आठौं राष्ट्रिय कर सप्ताह कार्यक्रम आज समापन गरिएको छ । सप्ताहव्यापी कार्यक्रम गरेको आन्तरिक राजश्व कार्यालय नेपालगञ्जले आज परिसरमा एक कार्यक्रम गरि उत्कृष्ट करदातालाई सम्मान गर्दै कार्यक्रम समापन गरेको हो ।
आव ०७४,७५ बढी आयकर तिर्ने बाँकेको मंगल हार्ड वेयर र बर्दियाको यूनिक नेपाललाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरिएको छ । यस्तै उत्कृष्ट कर्मचारी कुमार प्रसाद सुनारलाई पनि सम्मान गरिएको छ । कर अधिकृत यज्ञराज ढकालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमार वहादुर खडका, प्रमुख कर अधिकृत प्रकाश पौडेल, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, च्याम्वर अफ कर्मस नेपालका शतिश कुमार अग्रवाल, अडिर्स एशोयीशयन नेपाल बाँके अध्यक्ष भुवन गैरे, केन्द्रीय उपाध्यक्ष अव्दुल करिम खाँले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । कार्यालयले यस अघि सप्ताहव्यापी कार्यक्रम अन्तगर्त करदाता शिक्षा कार्यक्रम, करमैत्री यात्रा कार्यक्रम, परिसरमा वृक्षारोपण, पर्चा पम्पलेट वितरण आदि गरेको थियो ।
Discussion about this post