काठमाडौ मंसिर ७ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले शनिबार रंगभेद विरुद्धको एकता दिवस मनाउने क्रममा राजधानी काठमाडौंमा र्यालीसहितको प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा हुने आमसभाको प्रचारप्रसार केही दिन अघिदेखि नै तीब्र बनाएको थियो ।
पृथकतावादी आन्दोलनबाट मूलधारको राजनीतिमा आएका राउत एकता सभा र साँस्कृतिक झाँकी प्रदर्शनमा सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरु रंगभेद विरुद्धको पोस्टर प्रदर्शन र नारा लगाउँदै सभास्थलतर्फ बढेका थिए । मूलधारको राजनीतिमा समाहित भएपछि सो पार्टीले पहिलो पटक राजधानीमा कार्यक्रम गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘नो रेसिजम’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
सरकारसँग सम्झौता गरेर मुलधारको राजनीतिमा आएका राउतले जनमत पार्टी बनाएका छन् र १४ मंसिरमा हुने उपचुनावमा तराई मधेसका स्थानीय तहमा उम्मेदवारी समेत दिएको छ ।
Discussion about this post