खोजखबर संवाददाता
बाँके असार १७ गते। बाँकेकोे जानकी गाउँपालिकालाई सूचनामैत्री गाउँपालिका बनाउने गाउँपालिका अध्यक्ष राम निवास यादवले प्रतिबद्धता जनाएका छन् ।
जानकी गाउँपालिकाको सहकार्यमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले जानकी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सूचनाको हक, सुशासन र मुलुकी देवानी संहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सन्चालन गरेका थियो ।
सो समापनको कार्यक्रममा बोल्नुहुदै गाउँपालिका अध्यक्ष राम निवास यादवले अब गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधाको अवस्थालाई प्रभावकारी बनाउन बनाउने र सुचनामैत्री बनाउने प्रतिबद्धता समेत जनाए ।
सो समापन कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष भुमिसरा धिताल प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाही र ६वटै वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्य, कर्मचारी लगायतको सहभागिता रहेका थियो ।
सो अभिमुखीकरण कार्यक्रममा नेपाल बार एसोसिशन प्रदेश नं.५का उपाध्यक्ष अधिवक्ता सुनिल श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख चन्द्रकान्त चापागाई र उच्च अदालत नेपालगन्जका रजिष्टार हिरण्य प्रसाद भण्डारीले मुलुकी देवानी संहिता, स्थानीय सरकार र मानव अधिकारको अवस्था र स्थानीय तहको न्यायिक अधिकारको विषयमा प्रशिक्षण दिनुभएको आयोजक संस्थाका अध्यक्ष विश्वजित तिवारीले जानकारी दिए ।
Discussion about this post