बाँके, मंसिर ९ गते । नेपालगञ्जमा सोमबार घरेलु तथा साना उद्योग संघ बाँकेले “उद्योग र पूर्वाधार ,समृद्धिको आधार” मुलनाराका साथ बाँकेमा चौंथो उद्योग दिवस मनाएको छ ।
दिवसका अवसरमा घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जको आयोजनामा आज घरेलु संघ संग आबद्ध भएका सदस्यलाई आमन्त्रित गरि ओम रिसोर्टकोमा कार्यक्रम गोष्ठी गरिएको हो ।
उद्योग दिवशको अवसरमा आज बाँकेका घरेलु तथा साना उद्योगीहरु सम्मानित समेत भएका छन् । सम्मानित हुनेमा मधु खड्का, रामजि शाह, लक्ष्मी कुमारी शाह, सन्तराम बुढा, नविन बेकरी उद्योग, सरिता थापा र माया प्याकुरेल रहेका छन् ।
प्रमुख अतिथिमा जिल्ला बिकास समिती बाँकेका सभापती अजय कुमार श्रीवास्तव, विशिष्ट अथिती जिल्ला प्रशासन कार्यालयका प्रमुख कुमार बहादुर खड्का, जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख वीर बहादुर ओलि, घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सम्मर बहादुर खत्री, लगायतका अन्य संघ संस्था उद्योगका प्रतिनिधि र कर्मचारीहरुको सहभागितामा कार्यक्रमको कार्यनयन गरिएको थियो ।
Discussion about this post