बाँके मंसिर ९ गते ।
नेपाल युवा संस्था संजाल (आयोन) तथा जिल्ला युवा क्लब संजाल बाँकेको आयोजना र जिल्ला निर्वाचन कार्यालय बाँकेको समन्वयमा निर्वाचनका लागि नागरिक सचेतना कार्याक्रम अन्र्तगत बाँकेको कोहलपुर वडा नं.६ मा हुना गईरहेको उप–निर्वाचन लाई लक्षित गरी मतदाता शिक्षाको बारेमा अभिमुखिकरण तथा नमूना मतदान गरिएको छ ।
नमूना मतदान कार्याक्रममा ७० जना को सहभागीता रहेको थियो ।मतदानमा ३२ जना महिला ३८ जना पुरुषले मतदान गरेका थिए ।कुल ७० मत खसेकोमा ३ जनाको मत बदर भएको थियो ।स्थानीय तहको उप–निर्वाचनको क्रममा मत बदर संख्या कम गर्ने उदेश्यले नमूना मतदान गरिएको छ।
अभिमुखिकरण कार्याक्रमको सहजिकरण जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकृत खुम प्रसाद सुवेदी ले गर्नु भएको थियो ।कार्यक्रममा निर्वाचनको महत्व,यसको प्रक्रिया र अचार संहिताको बारेमा छलफल गरिएको थियो ।जिल्ला युवा क्लब संजाल बाँकेका सचिव राजन बर्मा ले जनकारी दिनु भएको थियो ।
Discussion about this post