बाँके, मंसिर ११ गते ।
राष्ट्रिय मदेशी अपाङ्ग महासंघ नेपाल, मध्यपश्चिम तथा सुदुर मध्यपश्चिमाञ्चल क्षेत्रिय कार्यलय नेपालगन्ज बाँकेले २८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा दिवसलाई सभ्य र भब्यका साथ मनाउने भएको छ ।
दिवस विशेष मंसिर १७ गते मंगलबारको दिन” पहुँचयुक्त भबिस्य बनाउने छाै, अवश्य “भन्ने मुलनाराका साथ कार्यक्रम विशेष तरिकाले मनाउने भनेको छ ।
कार्यक्रममा प्रमुख अतिथी प्रदेश न. १ का सांसद महेश्वर गहराज, संघिय सांसद सर्वतारा खान, प्रदेश न. ५ का सभा सदस्य कृष्ण केशी, इन्द्र प्रशाद खरेल, उषा पुन, सुरेन्द्र हमाल, मोहम्मद यकुब अन्सारी, विभिन्न दल र संस्थाबाट नेता तथा पत्रकार, प्रतिनिधिहरुको उपस्तिथि रहने जानकारी गराइएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post