अजय मिश्र, कृष्णनगर, मंसिर ११ गते ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगर बाट सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर द्वारा अबैध कपडा बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल कृष्णनगर गुल्म बाट खटिएको मोबाइल टोलीले चेक जांच गर्ने क्रममा भारत बाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा उक्त कपडा समातिएको हो। जस्मा लेडिज सुट, उनको सुइटर,चप्पल , जुत्ता, गलबन्दी र कास्मेटिक सामान रहेको छ। उक्त समान आवश्यक कार्यवाही का लागी कृष्णनगर भन्सार कार्यालय पठाइएको जानकारी सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगर ले दिएको छ। उक्त समानको एक लाख छत्तीस हजार नौ सय पन्चान्ब्बे रु १,३६,९९५/-मुल्य पर्ने कुरा सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिएका छन्।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post