
अजय पाठक बाँके, मंसिर १२ गते ।
बिहीवार बिश्व एडस दिवस २०१९को उपलक्ष्यमा पत्रकार अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम भएको छ ।
स्वस्थय कार्यलय बाँकेको आयोजनामा ए.एच. फ नेपालको सहयोग र भेरी अस्पताल, नेपाल पत्रकार महासंघ र बिश्व एडस दिवस व्यवस्थापन समितिको समन्वय तथा सहाकार्यमा बिहिवार पत्रकार बीच अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम भएको छ ।
साधारण मनिषहरुको मानवीय व्यवहार पर्ती एच आइ. भि. एडस बारे सकारात्मक सोचको वृद्धिको भुमिकामा संचारकर्मीहरुको सहयोगको अपेक्षा गरि बिहीबार कार्यक्रम गरिएको हो ।

डाक्टर संकेत रिजालले नेपाल सरकारले एडस समस्यको बिरामीलाई निसुल्क उपचार र सेवा दिदै आएको बताउनु भयो । वहाले एडस समस्य भएका ब्यक्तीलाई पनि साधारण बिरामीको समस्य भएका ब्याक्ती झै लिन समेत बताएका छन । वहाले भने अनुसार नेपालमा २९,९४४ जना एडस बाट प्रभावित रहेका छन ।

डाक्टरका अनुसार सिडि4 को मात्र बढी र भाइरल लोडको मात्र कम रहेको मा एच आइ. भि. एडस सकारात्मक र सिडि4 को मात्र कम र भाइरल लोडको मात्र बढि नकारात्मक रहेको जानकारी दिएका हुन ।
नेपालका विभिन्न ठाँउहरु बाट नेपालगन्ज भेरी अञ्चल अस्पतालमा ४६१ जना बिरामीहरु निशुल्क ए.आर.टि. सेवा उपचारका क्रममा रहेका समेत बताएका छन ।
कार्यक्रम जिल्ला स्वास्थय बाँकेका प्रमुख धिर जंग शाहको अध्यक्षता रहि पत्रकार महासंघ बाँकेका उप अध्यक्ष रुपा गहतराज, भेरी अञ्चल अस्पतालका प्रतिनिधी, समाजसेवी,विभिन्न संघका पत्रकारहरुको बीच अन्तरक्रिया कार्यक्रमको सन्चान गरिएको थियो ।
Discussion about this post