
बाँके, मंसिर १२ गते ।
स्थानीय स्तरमा फुटबलको विकास गर्ने लक्ष्य सहित बाँकेमा शुक्रबार देखि ग्रासरुट फुटबल प्रतियोगिता २०७६ को सुरु हुने भएको छ ।
बिहिबार बाँके जिल्ला फुटबल संघले आयोजना गरेको ग्रासरुट फुटबल प्रतियोगिताको पत्रकार सम्मेलनमा बाँकेका ९ वटा विद्यालयको सहभागिता रहने, प्रतियोगितामा १० देखि १३ वर्ष उमेर समुहका खेलाडीले प्रतिस्पर्धा गर्ने भएको छ ।
एउटा विद्यालयको टिममा सात खेलाडी रहनेछन । विहीबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा आयोजक बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाहीले भविष्यका लागि प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर ग्रासरुट फुटबल प्रतियोगिता गर्न लागिएको बताउनु भयो ।
ग्रासरुट प्रतियोगितामा दीपज्योति सेकेन्डरी स्कुल चिसापानी, जनज्योति पब्लिक हाइस्कुल कोहलपुर, नेपालगन्ज मोडेल एकेडेमी, ग्रिनपीस सेकेन्डरी स्कुल कोहलपुर, जुनियर आइस्टाइन एकेडेमी नेपालगन्ज, होप इन्टरनेसनल एकेडेमी नेपालगन्ज, स्टार फयुचर स्कुल नेपालगन्ज, एबिसी रेसिडेण्टल स्कुलले सहभागिता जनाएका छन ।
प्रतियोगितामा ८ वटा विद्यालयका ३ सय ८ जना बालबालिका सहभागि हुने आयोजक बाँके जिल्ला फुटबल संघले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
नेपालगन्ज रंगशालामा हुने प्रतियोगितामा १० वर्ष देखि १३ वर्ष उमेर समुह र ८ वर्ष देखी १० वर्ष उमेर समुहका खेलाडीले सहभागिता जनाउने छन । प्रतियोगिता आयोजनाका लागि सम्पुर्ण तयारी पुरा भैसकेको बिहिबार पत्रकार सम्मेलनमा बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाही ले बताए ।
ग्रासरुट कार्यक्रमले फुटबलको संस्कृति र स्तर बढाउन सहयोग गर्ने एन्फा बाँके उपाध्यक्ष नागिन श्रेष्ठले बताइन । ग्रासरुट कार्यक्रममले फुटबलको विकासमा सहयोग गर्ने फुटबल प्रशिक्षक सानु तामाङले बताए । पत्रकार सम्मेलनमा एन्फाका पुर्व उपाध्यक्ष गोवद्र्धन सिंह सम्झना, एन्फा बाँके सचिव गोविन्द प्रसाद श्रेष्ठ, फुटबल प्रशिक्षक युवराज शाही, जनक केसी, प्रदेश नम्बर ५ ग्रासरुट म्यानेजर रामजीत चौधरीको सहभागिता रहेको थियो ।
Discussion about this post