
बाँके मंसिर १३ गते ।
यौनिक तथा लैंगिक अल्पसंख्यकले संविधानबाट प्राप्त अधिकार समेत पूर्ण पालना गर्न नपाएको गुनासो गरेका छन् । पश्चिम तारा नेपालको आयोजनामा शुक्रबार नेपालगञ्जमा भएको सरोकारवाला निकायसँग यौनिक तथा लैंगीक अल्पसंख्यक सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागी अल्पसंख्यकहरुले संविधानले दिएको अधिकारको पूर्ण उपभोग गर्न नपाएको बताएका हुन् ।
पश्चिम तारा नेपालका परिना चौधरीले पहिले नागरिकता लिईसकेकालाई नयाँ नागरिकता पाउन समस्या भएको बताउनुभयो । उनीहरुले सहयोगका कार्यक्रम कटौती भएपछि यौनिक तथा लैंगीक अल्पसंख्यकहरु ठुलो समस्यामा परेको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, जिल्ला शिक्षा तथा समन्वय ईकाईका प्रमुख रामसुरेश यादव लगायतले हक अधिकारका लागि आफै सचेत र सक्रिय हुन यौनिक तथा लैंगीक अल्पसंख्यकलाई आग्रह गर्नुभयो ।
Discussion about this post