बाँके मंसिर १३ गते । निर्माणाधीन नेपाली कथानक चलचित्र “क्षीतिज पारिको माया”का लागी आवश्यक कलाकारहरुका निमित्त नेपालगन्जमा अडिसन हुने भएको छ ।
सुपरियर फिल्मसको ब्यानरमा बन्दै गरेको सो चलचित्र “क्षीतिज पारिको माया”मा स्थानिय कलाकारलाई अवसर दिने उदेश्यले नेपालगन्जमा अडिसन गरिरहेको अडिसन आयोजक संस्थाका प्रतिनिधि विक्रम विसिले जानकारि दिए ।
उक्त चलचित्रका लागि मुख्य र गौण पात्र गरि करिव १० जना जति कलाकारहरुको आवश्यकता परेको अडिसन आयोजक संस्थाका प्रतिनिधि विसिले जानकारि दिएकाछन ।
चलचित्रका लागि सुमन सिङ ठकुरी, प्रेम प्रकाश क्षेत्रि र मनिका ठकुरीले साईन गरिसकेको जानकारि दिदै उनले मोफसलमा रहेर काम गरिरहेका कलाकारहरुकालागि यो एउटा राम्रो अवसर भएको उल्लेख गरे ।
यहि मंङसिर १० गते बाट सुरु भएको अडिसनको फम १५ गते सम्म खुला रहने आयोजकले जनाएको छ । अडिसन नेपागन्ज उपमहानगरपालिका स्थित सुनाखरी रेष्टुरेन्टमा हुनेछ ।
यहि मङसीर १७ गतेबाट सुरु हुने अडिसनका ४ वटा चरण रहनेछन् । भने अन्तिममा सबै कलाकार मध्ये बाट १० जना जति कलाकार छनोट हुनेछन् ।
Discussion about this post