कञ्चनपुर मंसिर १४ गते । कञ्चनपुरको पुनर्वासमा दुईवटा बाल्टी बम फेला परेको छ । वडा नम्बर ३ मा भइरहेको मतदान केन्द्रनजिकै फेला परेको शंकास्पद वस्तु बाल्टी बम रहेको प्रहरीले पुष्टि गरेको हो ।
मतदान केन्द्र रहेको गोरखा आधारभूत विद्यालय रामबस्तीभन्दा करीब २०० मिटर पूर्वपट्टी सडक छेउमा रहेका दुइटा बाल्टी बम नेपाली सेनाले निष्क्रिय पारेको छ । सडक छेउमा शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित भएका थिए । उक्त सडकमा सर्वसाधरणलाई हिँड्नसमेत रोक लगाइएको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post