सर्लाही मंसिर, १४ गते ।
सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् ।
शनिबार भएको मतदानमा उनले ३४७ मत पाए ।
उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अंसारीले समान ३ सय २८ मत पाएका छन् ।
नेपाली कांग्रेसलाई भने सीके राउत नेतृत्वको जनमत पार्टीले उछिनेको छ । जनमत पार्टीका दिनेश राय यादवले ५२ मत पाउँदा कांग्रेसका उम्मेदवारले २३ मत पाएका छन् ।
दुई स्वतन्त्र उम्मेदवारीले खाता नै खोल्ने सकेनन् ।
१ हजार ३५६ मतदाता रहेको यो वडामा १ हजार ९३ मत खसेको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post