बाँके मंसिर १५ गते । पोखरा महानगरपालिका–२ मौजामा नाली खन्ने क्रममा पुरिएर ५ जनाको मृत्यु भएको छ ।ढिस्कामो पुरिएर मृत्यु हुने सबै एकै गाउँका रहेका छन ।
सडकको नाली खन्ने क्रममा पुरिनेमा खिमलाल ओली, गणेश ओली, बिज बहादुर बस्नेत, जोगेन्द्र बुढाथोकी र दोभान बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ ।
एक्कासी ढिस्कको खसेर उनीहरु पुरिएरका थिए।
नाली खन्ने मजदुर ७ जना मध्ये एकजना भागेर बाँच्न सफल भएका थिए ।
भागेर बाँच्न सफल भएका खिमलाल बस्नेत लाई सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
पुरिने मजदुर सबै सल्यानको बागचौर नगरपालिका–४ पेदीखोला स्थायी ठेगाना भई हाल पोखरामा मजदुरी गर्दै आईरहेका थिए ।
पुरिएका ५ मध्ये तोभान बस्नेत, खिमलाल बस्नेत र गणेश ओलीको शव झिकीसकेको छ, भने अरु लासको उद्धारका लागि सशस्त्र प्रहरी र आर्मी समेत परीचालन गरीएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post