
बाग्लुङ मंसिर १७ गते । बाग्लुङ जिल्लाको पश्चिम बडिगाडमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। गुल्मीको इश्मा गाउँपालिका-५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप भिमगिठेको घोकर्णामा दुर्घटना भएको प्रहरीले जनायको छ
गाडी करिब ३ सय मिटर तल खोलामा खस्दा गम्भीर घाइते भएका तीन जनालाई भने स्थानीय र प्रहरीले उद्धार गरी स्वास्थ्य संस्था तर्फ पठाएका छन्। एक बालक हराइरहेका छन्। दुर्घटनामा परेका सबै निसीखोलामा कुलपुजाका लागि जाँदै गरेको बुझिएको घटनास्थलमा रहेका स्थानीय ले बताय । घटनाको थप बिबरण भने आउन बाँकी रहेको छ ।
Discussion about this post