खोजखबर संवाददाता
बाँके असार २१ गते ।
बाँके क्षेत्र नम्बर २ का सान्सद तथा नेपाल सरकारका शहरी विकास मन्त्री समेत रहेका मोहम्मद इस्तियाक राई आफ्नो गृह जिल्ला आएर मन्दिर मस्जिद गुरुद्धारा जस्ता विभिन्न महत्त्वपूर्ण धार्मिक सम्पदाको आज स्थलगत निरिक्षण गर्नुभएको छ ।
मन्त्री राई शनिबार भेरी अञ्चल अस्पताल र नेपालगञ्जको जमुनाहा स्थित शिव मन्दिर र भज्जुपुर्वाको ईदगाह त्यसैगरी भवानियापुर नगर सभा हलको निरिक्षण गर्नुभएको छ ।
स्थलगत निरीक्षण पश्चात मन्त्री राईले आफ्नो गृहनगर मा भएका बिकास निर्माणका कार्य बाट निकै हार्षित हुदै आगामी दिनमा समेत यस नगर लाई मुलुककै नमुना शहर को रुपमा बनाउने बताएका छन् । जस मा सबैलाई जुट्न र हातेमालो गर्न समेत आग्रह गरेका छन् । संसदीय कोष २०७५-०७६ को बजेटबाट निर्माण भइरहेको धार्मिक स्थलमा निरिक्षण कार्यक्रममा सांसद विजय बहादुर यादव र समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष कमरुद्दिन राई,नगर अध्यक्ष श्ररवण यादव, प्रदेश सदस्य बेबि तबसुम अन्सारी लगायत नेता कार्यकर्ताहरु समेत उपस्थिति रहेको थियो।
Discussion about this post