बाँके मंसिर १८ गते । बागेश्वरी क्याम्पसमा अध्यानरत तथा अनेरास्ववियुका जुझारू नेता तथा सामाजिक सेवामा समर्पित देबेन्द्र बहादुर बुढाले आफ्नो २१ औं जन्म उत्सवमा मृगौला पिडित अनेरास्ववियूका बागेश्वरी क्याम्पसका नेता तथा स्वबियुका सचिव टेकलाल केशीको उपचारका लागि सहयोग स्वरुप ५००० सहयोग गरेका छन ।
उनिले आफुले जन्मदिनको दिन केक काटेर फजुल खर्च गर्नु भन्दा मृगौला पिडित आफ्नो साथिलाई सहयोग गरेको बताए। आफुले जन्मदिनमा यस्तै रचनात्मक कार्य गर्ने समेत बताए । दुबै मृगौला पिडित केशी को उपचारमा समस्या आएको हुनाले सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न समेत अनुरोध गरेका छन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post