भिम पौडेल बाँके मंसिर १९ गते ।
नेपाली चलचित्र मा अहिले खडेरी लागि रहेको बेला माघ २४ गते प्रदर्शन मिति तय गरेर दुईवटा फिल्म ले छुट्टाछुट्टै तरीकाले दर्शक सामुने आएका छन । जसमध्ये नेपालमा एक्सन फिल्मको अभाब खड्किएको बेलामा बिराज भट्ट द्वारा निमार्ण गरीयको नेपाली कथानक चलचित्र साङ्लो ले आफ्नो गित चरीले काफल टिप्यो खानलाई होकी खुवाउन लोक गित सैलिको गित बजारमा ल्याएको छ भने अर्को बिसाल सापकोटा लेखन तथा निर्देशनमा बिपिन कार्की द्वारा अभिनित चलचित्र सेल्फी किङ्ग ले टिजर लाई युटुब मार्फत दर्शक समक्ष प्रस्तुत गरेका छिन । यो दुई चलचित्र को युटुब च्यानलमा दर्शकहरुको रोजाई लाई हेर्ने हो भने २४ घन्टा मै साङ्लो फिल्म को गितले ७ लाख भन्दा बढी ले रुचाय का छन भने सेल्फी किङ्ग को टिजर लाई २४ घन्टा मा ४८हजार दर्शकले रुचाय का छन ।यो कुरालाई नियाल्दा लाग्छ दर्शक ले बिराज भट्ट को फिल्मको गितलाई धेरैनै रुचाय का छन भने चलचित्र साङ्लो को गित अहिले सम्म ट्रेडिङ मै रहेको छ । बिराज भट्ट को साङ्लो फिल्म एक्सन तथा मसलादार चलचित्र रुपमा रहेको पाईन्छ भने चलचित्र सेल्फी किङ्ग भने एउटा स्टार बन्न के गर्ने र कस्तो हुन्छ भनेर एउटा सोलो तथा कमेडि बेसको अङ्ग्रेजी फिल्म जोकर बाट साभार गरेको देखिन्छ । हुनत कुन चलचित्र ले कस्तो ब्यापार गर्छ त्यो हेर्न भने माघ २४ नै कुर्नु पर्ने हुन्छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post