सल्यान, मंशिर १९ गते ।
दुई किलो ४८ ग्राम लागू औषध अफिम सहित सल्यानमा दुई जना पक्राउ परेका छन् । कर्णाली प्रदेश आर.आई.टी. व्यूरो, कर्णाली प्रदेश लागु औषध व्युरो र ई.प्र.का.सिमाखोलीको संयुक्त प्रहरी टोलीले गत मंशिर १३ गते बेलुकी एक सार्वजनीक बसबाट अफिम जस्तो देखिने खैरो कालो रंगको पदार्थ सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शारदा नगरपालिका वडा नम्बर ७ कजेरी निवासी २८ बर्षीय झक्कु प्रशाद बोहोरा र बागचौर नगरपालिका वडा नम्बर १० पिपलनेटा निवासी ४५ बर्षीय टेकमप्रशाद शर्मा रहेको प्रहरीले जनाएको छ ।
अफिमको ओसार पसार र कारोवार गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरियको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो। लागू औषध बरामद गरी नापतौल गर्दा प्लाष्टिक सहित २ किलो ५० ग्राम रहेको र विना प्लाष्टिक तौल गर्दा २ किलो ४८ ग्राम रहेको प्रहरीले जनाएको छ । पश्चिम रुकुमवाट काठमान्डौं तर्फ जाँदै गरेको सिस्ने हिमाल यातायात प्रालीको ना ५ ख ४९९५ नम्वरको बसबाट मंसिर १३ गते उक्त परिमाणमा अफिमसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन्।
राप्ती राजमार्ग अन्तरगत सल्यानको बागचौर नगरपालिका वडा नम्बर ५ बाङ्गेलाखुरी बाट दाङ तर्फ आउँदै गरेको उक्त बस गोप्य सूचनाका आधारमा खानतलासी गर्दा लागू औषध अफिमसहित उनीहरु पक्राउ परेको डिएसपी खतिवडाले जानकारी दिए । पक्राउ परेका मध्य ४५ बर्षीय शर्मा सोही बसका चालक रहेको खुल्न आएको छ । बरामद भएको अफिम शर्माको झोलावाट बरामद भएको हुँदा उनको पनि प्रतिवन्धित लागुऔषध ओसार पसार तथा विक्रि वितरण गर्ने कार्यमा सम्लग्नता रहेको खुल्न आएको डिएसपी खतिवडाले बताए ।
पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत सल्यानबाट मंशिर १५ गते गरी ईलाका प्रहरी कार्यालय थारमारे, सल्यानको हिरासत कक्षमा राखी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post