
काठमान्डौ मंसिर २० गते । गायिका जमुना शर्माले कानैमा झुम्कामार्फत नेपाली सांगितिक क्षेत्रमा पुनरागमन गरेकी छिन । लामो समयको अन्तरालमा शर्माले कानैमा झुम्का बजारमा ल्याएकी हुन । रेबल क्रियाशनको प्रस्तुती रहेको गितमा शब्द संगित महेश ज्ञवालीले तयार पारेका हुन । भिडियोमा अरुणी वाईवा को आकर्षक नृत्य देख्न सकिन्छ । यसै भिडियोमार्फत सन्तोष बानियाँले नेपाली मोडलिङ क्षेत्रमा डेब्यु गरेका छन । पहिलो भिडियोबाटै मोडलिङमा सन्तोषले राम्रो सम्भावना देखाएका छन । दिपेन्द्र केसीको निर्देशमा तयार भिडियोमा अर्जुन सापकोटाको छायाङ्कन,सुप्रिम पराजुलीको सम्पादन रहेको छ । हेर्नुहोस भिडियो
Discussion about this post