बाँके,मंसिर २० गते ।
शुक्रबार देखि नेपालगन्जमा नेतृत्व बिकास र आर्थिक आधिकार तथा श्रोत परिचालन सम्बन्धी ३ दिने तालिम सुरु भएको छ ।
नेपालगन्जमा आर्थिक स्रोतले पछाडी पारियका र अबिकसित समुदाय जस्तै मङ्ता, कुचबन्धिया, चिडिमार जातीका स्थानीयहरुका लागि नेतृत्व बिकास र आर्थिक आधिकार तथा श्रोत परिचालन सम्बन्धी ३ दिने तालिमको आयोजना भएको छ ।
सहकर्मी समाज बिरेन्द्रनगर सुर्खेतको आयोजनामा कार्यक्रम मा सो समुदायको बिकास र हितका लागि ३ जना महिला र ७ जना पुरुष लाई तालिम दिएको हो ।
पछाडिएका समुदायको नेतृत्व सीप वृद्धि, असल नेताको कर्तव्य र आवस्यक सीप, नागरिकको देशमा भएको हक र अधिकारको वृद्धि गर्ने मुल उदेश्य राखी तालिम सन्चालन गरियको कार्यक्रम संयोजक खड्ग प्रसाद शर्माले बताए।
तालिममा रिएल परियोजनाका कार्यक्रम संयोजक खड्ग प्रसाद शर्मा, संस्थागत बिकास संयोजक राजाराम गुप्ता, पिछडिएको समुदायका ब्यक्तीहरुको उपस्तिथिमा तालिम सन्चालन भएको छ।
Discussion about this post