बाँके मंसिर २३ गते ।
आईतबार तनावग्रस्त बनेको बाँकेको कोहलपुर आज भने सामान्य बन्दै गएको छ ।
आईतबार बिहान त्रिभुवन उच्च माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत बालिका प्रकृति चन्द लाई ट्रकले ठक्कर दिएर घाइते बनाए पछि उत्पन बिबादले उग्र रुप लिँदा प्रहरी र आन्दोलनकारी गरी ३६ जना भन्दा बढी घाईते भएका थिए ।प्रहरीले स्थिति लाई नियन्त्रण मा लिन दिउसो ३ बजे देखी प्रहरी ले कर्फ्यु जारी गर्ने भनि सन्चार माध्यम लाई जनाए पनि अन्तमा निषेध आज्ञा जारी समेत गरेको थियो । आन्दोलनकारी ले आधा दर्जन भन्दा बढी गाडीहरुमा तोडफोड गर्नु का साथै एक ट्रकमा आगजनी समेत गरेका छन् ।
ट्रकले किचेर घाईते भएकी प्रकृति चन्द लाई हिजै काठमान्डौ B&B हस्पिटल मा लगियको थियो । उनको दाईने खुट्टा काटीएको छ ।
हिजो को परिस्थिती लाई दोहोरीन नदिन सम्पुर्ण राजनैतिक दलले संयमित हुन अनुरोध समेत गरेका थिए ,साथै हिजोको परिस्थिती लाई बुझेर आज कोहलपुर का सम्पुर्ण बिधालय बन्द गरीएको छ । सोमबार बिहान बाट भने स्थिती सामान्य तर्फ अगाडि बढेको छ । पसल तथा सम्पुर्ण सवारी साधन हरु चल्न थालेका छन ।
Discussion about this post