बाँके मंसिर २३ गते । कोहलपुर को घटनालाई लिएर नेपाल बिधार्थी नेविसंघले कोहलपुर मा टायर बालेर प्रदर्शन गरेको छ । त्यो संगै अनेरास्ववियु (अखिल) ले हिजो घटना ले गर्दा कोहलपुर क्षेत्रमा सरसफाई अभियान कार्यक्रम गरेको छ साथै सयम भयर बार्ता बाट समस्या को समाधान खोज्न समेत अनुरोध गरेको छ ।
साथै कोहलपुर घटनाको विरोधमा नेपाल विद्यार्थी संघ नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिले गरेको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोधमा चर्को नारावाजी समेत गरेका छन् ।
नेविसंघले कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्री रामबहादुर थापाको राजिनामा माग गरेको छ।
आइतबार कोहलपुरमा प्रहरीले बल प्रयोग गर्दा २५ भन्दा बढी विद्यार्थी घाइते भएका थिए । सोमबार भने अबस्था लाइ सामान्य बनाउन सबैले आ-आफ्नो स्थानमा संयम हुन समेत राजनैतिक दलले सयुक्त बिज्ञप्ती समेत जारी गरेको छ ।
Discussion about this post