अजय पाठक बाँके,मंसिर २३ गते।
१६ दिने महिला हिंसा विरुद्धको अभियान तथा महिला मानव अधिकार रक्षक दिवसको सन्दर्भमा नेपालगन्जमा ११ औं सधारण सभा कार्यक्रम भएको छ ।
महिला मानव अधिकार रक्षक सन्जाल बाँकेले “महिला हिंसा विरुद्ध अभियान अन्तरगत समानताको पुस्ता, बलात्कार विरुद्ध एेकबध्दता” भन्ने मुलनाराको साथ आफ्नो संस्थाको साधारण सभा आज समापन गरेको हो ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक सन्जाल बाँकेको अध्यक्ष अक्षेरि पोख्रेलले मानव अधिकारको विषयमा सो संस्थाको सदस्यहरुलाई महिला मानव अधिकार र यसका रक्षक, १६ दिन अभियानको मुल उदेश्य र महिला अधिकारको विषयमा खेप्नु परेका चुनौती हरुको कुरामा सभालाई सीप प्रदान गर्नु भएको छ ।
महिला मानव अधिकर रक्षक संजाल बाँके संस्थाद्वारा संचालन गरिएको विभिन्न कार्यक्रमहरुलाइ स्थान दिई महोत्वपुर्ण योगदान पुर्याएकोमा कार्यक्रमको प्रमुख अतिथी पुर्व सांसद मोहम्ममदी सिद्दिकी द्वरा सम्मानी गरिएको थियो । सम्मान हुनमा पत्रकार भगतराम थारु, फातिमा फाउन्डेसन, आशा श्रेष्ठ, दैनिक नेपालगन्ज रहेका छन ।
Discussion about this post