बाँके मंसिर २४ गते ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री नवराज रावतले नेपालगञ्जस्थित भेरी अस्पताल सुधारका लागि सरसफाईबाट सुरुवात गर्न आग्रह गर्नुभएको छ । अस्पतालको शौचालय लगायत अन्य सुधारका कार्य गरेर अस्पताल सुधारको सुरुवात गर्न राज्यमन्त्री रावतले आग्रह गर्नुभयो ।
नेपालगञ्जस्थित भेरी अस्पतालको मङ्गलबार स्थलगत अनूगमन तथा निरीक्षणपछि राज्यमन्त्री रावतले कर्मचारी समायोजनमा समस्या देखिएको भन्दैसरकारले खटाएको स्वास्थ्य संस्थामा चिकित्सक र स्वास्थ्यकर्मी जानैपर्ने बताउनुभयो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुपानन्द अधिकारीले अस्पतालमा प्रर्याप्त भौतिक संरचना र दरबन्दीको अभाव भएको बताउनुभयो । राज्यमन्त्री रावतले अस्पतालका विभिन्न वार्डको अनूगमन गरि विरामीसँग समेत स्वास्थ्य उपचार सेवा बारे प्रतिक्रिया लिनुभयो ।
Discussion about this post