
बाँके मंसिर २५ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित बाबु छोरा लाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ घरबारी टोलबाट १३ लाख रकमसहित बाबु छोरा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ घरबारी टोलका ४६ वर्षीय बिनोद कुमार सोनी र उनकै छोरा १८ वर्षीय सौरभ सोनी रहेका छन ।
रुपइडिहाबाट फर्किरहेका उनिहरुको शंकास्पद गतिविधिलाई नियालिरहेको क्षेत्रिय अनुसन्धान ब्यूरोको टोलीले उनिहरु लाई पक्राउ गरेको हो ।
उनिहरु लाई प्रहरीले जमुनाहा नाका बाटै पिछा गरिरहेको थियो , प्रहरीलाई देख्ने बित्तिकै उनिहरुले घरबारीमा रहेको एक छापाखानामा भित्र ३ लाख रुपैयाँ फालेर जान खोज्दा प्रहरी ले उनीहरुमाथि खानतलासी गर्दा नगद ४ लाख र सौरभको साथबाट ६ लाख रकम बरामद गरेको थियो ।
बरामद रकम र पक्राउ परेका दुबैलाई आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post