खोजखबर संवाददाता
बाँके असार २२ गते । नेपालगन्ज उपमहानगरपालिका भित्र भईरहेको फोहोर मैला
व्यवस्थापन तथा चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपालगन्ज नगरमा बढदै गएको प्लाष्टिक जन्य बस्तुहरुलाई नियन्त्रण गर्न तथा आम नगारिकमा जनचेतना जगाउने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम गरेको हो ।
शहरी विकास मान्त्रलयले चलाएको अभियान नेपालभरी नै कम्तीमा १ करोड विरुवाहरुको साउनको
पहिलो सातामा रोपिने नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका र शहरी विकास भवन निर्माण कार्यलयको सहकार्यमा नेपालगन्जको खाली भएको ठाँउमा विरुवाहरु रोप्ने मन्त्री राईले बताउनुभयो ।
शहरी विकास मन्त्रालयले नेपालगन्ज उपमहानगरपालिकाको लागी निकालिएको बजेटमा नगरपालिको ९० प्रतिशत काम सम्पन्न गरी सकेको र नगरपालिकाले कार्यक्र निकालेर प्रस्ताव पेस गरोस शहरी विकास मान्त्रलय सहकार्य गर्न तयार भएको समेत उनले बताउनुभयो ।
यस्तै डुडुवा गाँउपालिकाको लागी शहरी विकास मान्त्रलयले निकासा गरीएको १ करोडको बजेट डुडुवा गाँउपालिकाले चिठि नपाठएको कारणले बजेट सिज भएको र डुडुवा गाँउपालिकाको २ कारोडको बजेट पनि
काटिएको मन्त्री राईले बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, विशिष्ट अथिति प्रदेश सभा सदस्य बिजय बहादुर यादव ,नेपालगन्ज उपमहानगरपलिकाका उपमेयर उमा थापा मगर रहेकी थिईन् ।
सो कार्यक्रम लाई साहिल अन्सारीले सन्चालन गरेका थिए
Discussion about this post