खोजखबर संवाददाता बाँके, मंसिर २७ गते ।
आइतबार बिहानबाटै दिउँसो सम्म पनि प्रशस्त रुपमा वर्षा भइरहेको छ ।
बिहानबाटै बर्खा लागे झै, नेपालगन्जमा मात्र नभइ नेपाल र भारतको अधिकांस ठाँउहरुमा पानी परिरहेकोछ छ ।
आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरु वर्षा भएपछि खुशी भएका छन।
तराई भेगमा किसानहरुले लगाएको बालिहरु , गहुँ, आलुमा पानी नपरेको कारण चिन्तित देखिएका थिए, र वर्षा भए संगै किसान हरु खुशी भएका छन् ।
वर्षा भए संगै नेपालको मौसममा परिवर्तन देखिएको छ । नेपालको पश्चिम हिमालका उच्च भेगसहित पहाडी भागमा पनि हिमपातै र वर्ष सुरु भएको छ ।
अरु जिल्ला संगै नेपालगन्ज पनि प्रभावित भइ नेपालगन्जको बजार, व्यापार प्रभावित भएको छ।
पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भएको जनाएको छ ।
मौसम परिवर्तनको जोखिमबाट हामी लाई पनि बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् ।
Discussion about this post