बाँके मंसीर २७ गते । नेपालगञ्जस्थित आदर्श माविमा आज शुक्रबार विद्यार्थीद्धारा निर्मीत सामाग्रीको विशेष प्रदर्शनी गरिएको छ । हरेक वर्ष झैं यसवर्ष पनि चित्रकला, हस्तकला र विज्ञान कला प्रदर्शनी गरिएको हो । पढाईका अलावा विद्यार्थीहरुको अतिरिक्त प्रतिभाको प्रस्फुटन र विकासका लागि विद्यालयले हरेक बर्ष प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनीको विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जय थापाले रिवन काटेर शुभारम्भ गर्नु भयो ।
थापाले विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार सिर्जनात्मक र रचनात्मक कार्यक्रम कार्यक्रम गर्दै आएको बताउनुभयो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफैंले तयार गरेका चित्रकला, हस्तकला र विज्ञानसम्बन्धि विभिन्न सामग्रीहरु प्रदर्शनीमा राखीएका छन् । प्रदर्शनी अवलोकनका लागि अभिभावकहरु झरी र चिसोलाई समेत छीचोल्दै हौसला बढाउन विद्यालय पुगेका थिए । प्रतिभाको अवलोकन गर्दै अभिभावकले विद्यार्थी र विद्यालयको कदमप्रति स्रहाना गरेका थिए । विद्यार्थीहरुको अतिरिक्त प्रतिभाको विकासका लागि विद्यालयले प्रदर्शनी कार्यक्रमको आयोजना गरेको सह–प्रधानाध्यापक टंक प्रसाद गौतमले जानकारी दिनुभयो ।
Discussion about this post