बाँके मंसिर २८ गते ।
प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड नेपालागन्ज शाखाको तेश्रो बार्षिक उत्सव शनिवार विभिन्न कार्यक्रम गरि मनाएको छ । तेश्रो बार्षिक उत्सवको अवसरमा प्रभु लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखाले नेपालगन्ज स्थित रहेको बागेश्वरी मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरि मनाएको छ । प्रभुले हरेक बार्षिक उत्सवमा विभिन्न कार्यक्रम गरि मनाउदै आएको प्रभु लाईफ इन्स्योरेन्स कर्णाली प्रदेशका प्रदेश प्रमुख अमित केसीले जानकारी दिनुभयो ।
बार्षिक उत्सवको अवसरमा सरसफाई र बागेश्वरी मन्दिरमा फोहर व्यवस्थापनका लागि डस्टमिन वितरण समेत गरिएको कर्णाली प्रदेश प्रमुख केसीले भन्नुभयो । हरेक बर्ष इन्स्योरेन्सले विगत झै यस बर्ष पनि आफ्नो तेश्रो बार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको प्रदेश प्रमुखले जानकारी गराउनुभयो । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडमा अधिराज्यभरी ९८ शाखा रहेका छन् । शाखाको बार्षिक उत्सवको अवसरमा विविध तथा एजेन्सीहरुलाई स्किमको व्यवस्था समेत शाखाले गरिएको कर्णाली प्रदेश प्रमुख केसीले जानकारी गराउनुभयो । बार्षिक उत्सवको अवसरमा इन्स्योरेन्सले आफ्नो कार्यालयबाट सन्देश मुलक नारा सहित ¥याली निकालेको थियो । ¥याली नेपालगन्जको धम्बोझी चोक, घरवारीटोल हुदै बागेश्वरी मन्दिर पुगी सरसफाईमा परिणत भएको थियो । कर्णाली प्रदेश अन्तरगत बाँके र बर्दिया गरि प्रभु लाईफ इन्स्योरेन्सको १३ वटा शाखा रहेका छन् । कार्यक्रममा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड नेपालागन्ज शाखाका कर्मचारी, नागरिक समाज, बुद्धिजिवी, अधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो । शाखाले बाँके लगायत देशका ठुल्ठुला शहरमा इन्स्योरेन्सको कार्यमा अग्रपंक्तीको रुपमा रहेको छ ।
Discussion about this post