खोजखबर संवाददाता बाँके मंसिर २८ गते ।
ब्यापारी ब्यवसायीहरुको एकतालाई कायम गर्दै नेपालगञ्ज स्थित राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक उद्योग ब्यापार संगठनले नेपालगन्ज उद्योग बाणिज्य संघ बाँके ले अन्य ब्यापारी र ब्यापार ब्यबसायीहरु संग सहकार्य गरेर अगाडि बढ्ने जनाएको छ ।
आगामी दिनमा हुन लागेको नेपालगन्ज उद्योग बाणिज्य संघको आउदै गरेको निर्वाचनमा आफ्नो समुह उठाउने निर्णय सहित अन्य समुह संगपनि बार्ताको लागि ढोका खुल्ला राख्दै एउटा बार्ता टोली पनि गठन गरेको छ।
हालै आउँदै गरेको नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा राप्रपाले आफनो नेता र प्रतिनिधिलाई निम्न अनुसार बार्ता टोली गठन भएको हो ।
सो बार्ता टोलीको उक्त प्रतिबेदन १० दिन भित्र पेश गर्ने निर्णय गरि चयन भएका नेता तथा प्रतिनिधीहरुले हस्ताक्षर गरेका छन।
गठन टोलिमा चयन हुनमा संयोजक सलाउद्दिन जसगढ, सदस्य सचिव ऋषि राज देवकोटा, सदस्यमा दिपेन्द्र बहादुर सिंह, बिना टण्डन, बिन्दु चर्ती मगर, बिजय वैश्य, सफिक बेहना, सुरेन्द्र गुप्ता वैश्य, तेज नारायण कडेल, पबित्र सुब्बा, दिपेन्द्रा श्रेष्ठ रहेका छन।
Discussion about this post