बाँके मंसिर ३० गते ।
सोमबार नेपाल अण्डा उत्पादक संघ बाँके र बर्दिया संयुक्त पत्रकार सम्मेलन कार्यक्रम भएको छ ।
बाँके र बर्दिया लगायत देश भरका किसानहरुले कुखुरा पालेर अण्डा उत्पादन गरेता पनि उत्पदकले प्रश्नमिक नपाएको पाएको भन्दै बिरोधमा उत्रिएका छन ।
चितवनमा समेत किसानले आन्दोलन गर्ने क्रममा प्रहरीले ५ जना लाई पक्राउ समेत गरेको भन्दै नेपाल अण्डा उत्पादक संघ बाँकेका केन्द्रिय सदस्य ललित बहादुर जि.सि ले जानकारी दिए ।
उहाको अनुसार “हाम्रो मांग सरकारले अण्डाको उचित मूल्य निर्धारण गरिदिने हो” र सो मांगको लागि देश भरमा सोमबार पत्रकार सम्मेलन गरिएको हो ।
वहाको अनुसार अण्डा व्यापसायमा रहेका विभिन्न बिचैलियाहरुले नेपाल अण्डा उत्पादक संघले निर्धारण गरेको अण्डाको मुल्यलाई सधै घटएर किसान मार्ने कार्य गरेको भन्दै सो कार्यको बिरोध गर्दै किसानले आक्रोस व्याक्त गरेको विषयलाइ अधार बनाएर प्रहरी प्रशासनको प्रयोग गरि मंसिर २९ गते चितवनमा भएको किसानहरुको धरपकडको घोर बिरोध गरे ।
बाँके र बर्दियाले प्रती दिन ३०० पेटी उत्पादन गर्न सकेको छ, जब कि सो जिल्लामा ५०० पेटी प्रती दिन खापत रहेको छ, र बाकी अरु ठाँउहरु बाट आइरहेको बताए ।
गएको श्रावण देखि मुल्य घटेर किसान हरुलाई बढी नोक्सान भएको र किसान हरुको उत्पादन लोप भएर ७० किसान देखि ३५ मा पुगेको जानकारी संघले जनाएको छ ।
सरकारले पनि किसानहरुलाई केही मुल्यको अनुदान नदिएको बताए । किसानहरुले २० लाख बढीको लगानीमा पनि केही पनि सरकारी सुबिधा न पाएको र उपभोक्त र किसान ठगीमा रहेको बताए ।
बिचैलियालाई पोस्न तथा उपभोक्ता जहिले पनि चर्को मुल्री तिर्ने बाध्री हुने र आम किसानलाई पोलेट्रि पेशा बाट वितापित गर्ने कार्यको बिरोध जनाएका छन ।
Discussion about this post