खोजखबर संवाददाता
बाँके असार २२ गते । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत शनिवार डुडुवा गाउँपालिकामा मदरसा, विद्यालय, गुरुकुल र प्रारम्भिक बाल विकास केन्द्रका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सिफारिस तथा कार्यान्वयन समिति डुडुवा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका भित्रका मदरसा, विद्यालय र गुरुकुलका २ सय ५० जना एवं प्रारम्भिक बाल विकास केन्द्रका १ सय ५० जना विद्यार्थीहश्रलाई झोला वितरण गरिएको हो ।
डुडुवा गाउँपालिकाको विभिन्न ४ स्थानमा कार्यक्रमको आयोजना गरि विद्यार्थीहरु झोला वितरण गरिएको हो । डुडुवा गाउँपालिकाको सुब्बापुर्वा, बेतहनी र कम्दीमा औपचारिक कार्यक्रमको आयोजना गरि झोला वितरण गरिएको हो ।
समितिले जेष्ठ नागरिक सम्मान, स्वास्थ्य शिविर, शीपमुलक तालिम, सिचाई सम्बन्धि कार्यक्रम र अपाङता भएका व्यक्तिलाई सामाग्री वितरण लगाएतको कार्यक्रम संचालन गरेको समितिका सदस्य शकील खानले जानकारी दिनु भयो ।
Discussion about this post