
खड्क सुनार मुगु पुस ५ गते । मुगु जिल्ला छायाँनाथ रारा नगरपालीका वडा नं १३ रुगा भट्याचौर तुईन पारी ढुङ्गाले थिचेर एक जनाको ज्यान लिएको छ ।
बर्दिया जिल्ला बड्ईया ताल गाउँपालीका २ का ३८ बर्षिय रामजि प्रसाद लामिछानेको ढुङ्गाले थिचेर ज्यान लिएको हो । कामको शिल शिलामा सदरमुकाम गमगढी बाट छायाँनाथ रारा नगरपालीका वडा नं १४ बाममा काठको मेशीन जडान गर्न जाने क्रममा भट्याचौरमा रहेको तुईन पारी पाखा बाट आएको ढुङ्गाले थिचेर टाउकोमा गहिरो चाट लागी लामिछाने घाईते भएका थिए ।
घाईते लामिछाने लाई उपचारको लागी जिल्ला अस्पातल मुगुमा ल्याईएको भएता पनि विहिवार रात्ति नै ३ बजे उहाको मृत्यु भएको जिल्ला अस्पताल मुगुका चिकित्सक निर्मल नगरीकोटीले जानकारी दिनु भएको छ ।
योगेश मेसीन एण्ड सप्लार्यस बाँकेमा कार्यरत लामिछाने मेसीन जडानको लागी मुगु आएका र सोहि क्रममा भे ३ प ९९३२ नम्बरको मोटरसाईकल चढि बाम गाउँ जाने क्रममा रुगा गाउँ तुईन पारी माथि बाट आएको ढुगाँ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ । उहाको शव अहिले जिल्ला अस्पतालमा राखिएको र आफन्त आईसकेपछी मात्र परिवारको जिम्मा लगाइर्ने प्रहरीले जनाएको छ ।
Discussion about this post