खोजखबर संवाददाता
बाँके असार २३ गते । श्री ५ ज्ञानेन्द्र बिरविक्रम शाह देव सरकारको ७३ औ जन्मोत्सवको पावन अवसरमा दीप प्रज्वलन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा – २ माता बागेश्वरी मन्दिरमा सोमबार साझा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
गोरक्ष राष्ट्रिय जागरण अभियान नेपाल, बाँके स्व. राजा बीरेन्द्र सरकारको सालिक निर्माण समितिको आयोजना र शम्शेर चन्द्रको संयोजकमा भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि गोरक्ष राष्ट्रिय जागरण अभियान नेपालका केन्द्रीय कोषाध्यक्ष भिम बहादुर शाहीले देशलाई विखण्डन गरेर कसैले नागरिकता बेचेका छन् भने कसैले धर्म र कसैले खण्डकी, महाकालि कोशी बेचेका छन्, त्यसको संरक्षण गर्ने देशको नयाँ भनेको खालि यो राजसंस्थामा हुन्छ त्यसकारण यो देशमा राजसंस्थाको आवश्यकता भएको बताएका छन् ।
अव तपाई हामी डटेर उपस्तिथि भएका छौं, सानो संख्या होला, सैयौको संख्या होला, लाखौं राष्ट्रघाती भन्दा सयौं राष्ट्रबादी शक्तिशाली हुने बताए ।
तपाई हामीहरुले घर–घरबाट निस्केर यो देशमा हिन्दु अधिराज्य र राजसंस्था कायम गराउन तपाई हामी सवै लाग्नु पर्ने समेत बताएका छन ।
शम्शेर चन्दको सभाअध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रममा लक्ष्मी श्रेष्ठ, युवराज थापा, भगवती थारु, इन्द्राजित तिवारी, भिम प्रसाद अधिकारी, मोहन खडका, कुल दीप शाह, कृणा गिरी, आशा विष्ट, विजय गरुङ दुर्गा गहतराज, मंगल जिएम, सुशिल पाण्डे मगर, राजेश खड्का, बाबुलाल ठाकुर, देव प्रसाद बाहुन, सुशिल खत्री, भरतध्वज शाही र जन्म कुमारी हमाल लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post