दैलेख पुस ६ गते । दैलेख ठाँटी काध गाउँपालिका अध्यक्ष धिरज बहादुर शाही की श्रीमती लिला शाही अपहरण मुक्त भएकी छिन ।
गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।
उनीहरुलाई अपहरणकारीले बिजारेको जंगल हुँदै कालीकोटतर्फ लगेको स्थानीय बताउँछन् । उनीहरुको खोजीका दैलेखका साथै सुर्खेत र कालिकोटका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।
दैलेखको ठाँटी काध गाउँपालिका अध्यक्ष धिरज बहादुर शाही र उनकी श्रीमती तथा कृष्ण माध्यमिक विद्यालय की प्रधानध्यापक समेत रहेकी लिला शाही लाई बिप्लप समुह नेकपाका कार्यकर्ता हरुले गय राति अपहरण गरेका हुन ।
उनिहरुलाई ठाँटी काध गाउँपालिका वडा नम्बर २ त्रिपाटामा रहेको आफ्नै घर बाट राति १२ बजे तिर १५ जनाको समूहमा आयका उनिहरुले सोधपुछ गर्नु छ भन्दै अध्यक्ष सहित उनकि श्रीमती लिला अपहरण गरेको अध्यक्ष का भाई हस्त बहादुर शाही ले जनायका छन राति उनि लाई समेत आदी बाटो सम्म लगेर फर्काई दिएको उनले जानकारी दिए ।
त्यसै गरी यता जिल्ला प्रहरी कार्यालय दैलेखले आफुहरुले बिहान ५ बजे मात्र खबर पायको र खबर पाय लगतै सशस्त्र प्रहरी र नेपाल प्रहरीले संका गरीएको ठाउँमा खोजि कार्य गरियको जनायको छ । प्रहरीले कस्ले अपहरण गर्यो र किन गर्यो भन्ने बिषयमा छानबिन सुरु भय पछि मात्र जानकारी दिन सकिने बतायको छ ।
बजेट को बिषयमा उनिलाई बारम्बार धम्की पुण फोन आउने गरेको समेत उनका भाईले बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post