बारा पुस ६ गते ।
बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका छन् ।सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष राउतलाई आइतबार पक्राउ गरिएको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनी गण्डकको टोलीले गाउँपालिका अध्यक्ष राउतलाई आइतबार बिहान ११ बजे नियन्त्रणमा लिएको हाे । सवारी ज्यान मुद्दामा राउतलाई बारा जिल्ला अदालतले २९ दिन कैद सजाय र दुई हजार जरिवानाको आदेश दिएको थियो । फरार सुचीमा रहेका राउतलाई पक्राउ गरि अदालत समक्ष पेश गरिएको बाराका प्रहरी उपरीक्षक बिकासराज खनालले बतनए ।
Discussion about this post