बाँके पुस ८ गते । चलो चली ससुराली, हालीहाली भेटबी साली खुसीके मारे हुईल उधुम, हुईगील धुम धामका ।
भिडियो नबन्नुअघि नै निकै नै मन पराइएको उक्त गीतको भिडियो सार्वजनिक भएको छ ।
आरकेसी डिजिटलबाट सार्वजनिक भएको भिडियो एकै दिनमा ४० हजारले हेरेका छन् । पत्रकार ठाकुरसिंह थारुले लेखन, संगित र लगानीमा रहेको गीत थारु समुदायको संस्कृतिसंग आधारित छ ।
थारु समुदायकी सबैभन्दा चल्तीकी हट मोडेल अन्जु कुस्मी (फुलकुमारी), देबदास चौधरी र कमेडिमा फेटरा रहेका छन् ।
उक्त गीत थारु संस्कृतिसंग जोडिएको छ । भिनाजुले सालीलाई भेट्न जा“दा पहुरा (कोशेली) लिएर पुग्छन् । मदिराले लठिएर ससुराली पुग्दा पत्नि पनि त्यही भेटिएपछि झगडा सुरु हुन्छ । फुलकुमारी सालीको भूमिकामा देखिएकी छन् ।
Discussion about this post