बाँक पुस १३ गते । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत रहेको वडा नं ४ ले सितलहर बाट स्थानीय बासिन्दाहरुलाई जोगाउन दाउरा बितरण गरेको छ ।
वडा अध्यक्ष सफिक बेहनाको नेतृत्वमा आइतबार दाउरा बितरण भएको छ ।
बाँकेमा पनि शितलहर बढेकोले त्यसलाई मध्यनजर गर्दै आज चौक र टोलहरुमा दाउरा बितरण गरिएको बेहनाले बताएका छन ।
शीतलहरका कारण वडाबासीहरु अत्याधिक प्रभावित भएका कारण उपमहानगरपालिकाबाट बजेटको ब्यवस्था गरि चौकचौकमा दाउरा बितरण गरिएको बताए ।
उपमहानगरपालिकाको २३ वटा वडाको चोक चोकमा दाउरा बितरण भएपछि स्थानीय बासीलाई राहत मिलेको भन्दै स्थानीयहरुले उपमहानगरपालिकालाई धन्यवाद ज्ञापन गरे ।
Discussion about this post